अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

कोरोना महामारी नियन्त्रणमा सफलता पाएको उत्तर कोरियाली नेता किमको दाबी

बिआरटीनेपाल २०७७ असार १९ गते ७:४२ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको पोलिटव्यूरो बैठकमा नेता किमले विश्वमा महामारीको रुपमा कोरोनाको संक्रमण फैलिएपनि उत्तर कोरियाले यसलाई नियन्त्रणमा राख्नु सफलता भएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उहाँले भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदम पर्याप्त नभएपनि यसलाई सुधार गर्दै अघि बढ्न अधिकारीहरुलाई निर्देशन दिएको बताइएको छ । विश्वका अधिकांश देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेपनि उत्तर कोरियाले सार्वजनिक गतिविधिहरुमा लगाएको रोकलाई अझै निरन्तरता दिने बताइएको छ ।

उत्तर कोरियामा सार्वजनिक शिक्षण संस्थाहरु सुचारु भएपनि अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न भने रोक लगाइएको छ । नेता किमले महामारीविरुद्ध लड्नका लागि निर्माण भइरहेका स्वास्थ्य संरचना निर्माणका काम तत्काल पूरा गरेर सञ्चालनमा ल्याउन पनि अधिकारीहरुलाई निर्देशन दिनुभएको बताइएको छ । विश्व स्वास्थ्य संगठनको निर्देशनअुनसार नै उहाँले भीडभाडमा जाँदा भौतिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगमा कडाइ गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू