अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

चीनस्थित अमेरिकी सञ्चार ब्यूरोलाई पूर्ण विवरण पेश गर्न चीन सरकारको आदेश

बिआरटीनेपाल २०७७ असार १७ गते ६:५६ मा प्रकाशित

चीनमा रहेका अमेरिकी सञ्चारमाध्यमका खाशाहरुलाई चीन सरकारले नियमन गर्ने भएको छ। चीनको विदेश मन्त्रालयले बुधबार चीनमा रहेका एसोसिएट प्रेस (एपी), युनाइटेड प्रेस इन्टरनेशनल (युपिआई), सिबिएस र एनपिआरले आफ्ना सबै कर्मचारीबारे सात दिन भित्र लिखित जानकारी प्रदान गर्नु पर्ने बताएको छ ।

अमेरिकामा रहेको चिनियाँ सञ्चारमाध्यमका शाखाहरुमा त्यहाँको सरकारले विभेद र थप प्रतिबन्ध लगाएपछि चीनले त्यसको जवाफी प्रतिक्रिया सुरु गरेको हो । आत्मरक्षाका लागि चीनमा रहेका अमेरिकी सञ्चार संस्थाका सम्पूर्ण कर्मचारीहरुको लिखित विवरण माग गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू