अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

लकडाउन खुकुलो भएसंगै युरोपमा कोरोनाले महामारीको रुप लिदैं

बिआरटीनेपाल २०७७ असार १२ गते ७:०१ मा प्रकाशित

युरोपमा कोरोना भाईरसको दोस्रो लहर सुरु भएको संकेत देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्ला केही दिन युरोपमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या फेरी बढ्न थालेको छ ।संक्रमण फैलिन नदिन लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै संक्रमण बढेको हो । यूरोपमा पछिल्लो समय दैनिक २० हजारका दरले संक्रमित थपिएको र ७ सय बढीको मृत्यु हुने गरेको देखिएको छ ।

डब्लु.एच.ओ को युरोपेली क्षेत्रभित्र पर्ने ५४ देश र सात विशेष क्षेत्रमा कोरोनाबाट हालसम्म २६ लाख संक्रमित भएका छन् भने १ लाख ९५ हजार बढीको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९२ हजार नाघेको छ । यसैगरी ९७ लाख ३८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । ५२ लाख ७१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू