अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

रूसमा कोरोना भाइरस संक्रमणका कारण ५ सय चिकित्सको मृत्यु

बिआरटीनेपाल २०७७ असार ४ गते ७:३८ मा प्रकाशित

रूसमा कोरोना भाइरस संक्रमणका कारण झन्डै पाँच सय चिकित्सकहरुको मृत्यु भएको छ । रूसको स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी संस्था रोजद्रावनादजोरले कोरोना भाइरस संक्रमणका कारण हालसम्म पाँच सय जना चिकित्सकहरुको मृत्यु भएको बताएको छ ।

रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा उपकरण अभाव र आपूर्तिमा समस्या भएका कारण रूसमा ठूलो संख्यामा चिकित्सकहरुको मृत्यु भएको बताउनुभएको छ । उहाँले यदि यो समस्या तत्काल समाधान गरिएन भने आगामी दिनमा यो संख्या दोब्बरले बढ्ने चेतावनी समेत दिनुभयो ।

रूसमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ७ हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू