अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

कोभिड–१९ का कारण विश्वभर ४ लाख ४६ हजार ६ सय ९० को मृत्यु, ८२ लाख ८८ हजार २ सय २८ संक्रमित

बिआरटीनेपाल २०७७ असार ३ गते ७:०४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ४६ हजार ६ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८२ लाख ८८ हजार २ सय २८ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४३ लाख ४२ हजार ५ सय ५५ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ५ सय ७४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १९ हजार १ सय ४५, इटालीमा ३४ हजार ४ सय ५ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ५ सय ४७ , बेलायतमा ४१ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार १ सय ८५, जर्मनीमा ८ हजार ९ सय १० , बेल्जियममा ९ हजार ६ सय ७५, ब्राजिलमा ४५ हजार ४ सय ५६, रसियामा ७ हजार ४ सय ७८ र क्यानडामा ८ हजार २ सय १३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ११ हजार ९ सय २२, पाकिस्तानमा २ हजार ९ सय ७५, बंगलादेशमा १ हजार ३ सय ५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ४ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू