अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

अमेरिकी सर्वोच्च अदालतद्धारा एल.जि.बिटी कामदारको सुरक्षाको पक्षमा फैसला

बिआरटीनेपाल २०७७ असार २ गते ७:१२ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले कार्यस्थलमा कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक झुकावका आधारमा विभेद गर्न नपाइने पक्षमा फैसला सुनाएको छ । सन् १९६४ को सिभिल राइट्स एक्टले यौनिकता (सेक्सुअल ओरिएन्टेसन) र लैंगिक पहिचान (जेन्डर आइडेनटिटी) लाई पनि समेट्ने फैसला अमेरिकी सर्वोच्च अदालतले गरेको हो । योसँगै कार्यस्थलमा एलजिबिटी समुदायका व्यक्तिलाई उनीहरुको यौनिता वा लैंगिक पहिचानका आधारमा विभेद गर्न वा जागिरबाट निकाल्नु कानून विपरित भएको छ ।

सर्वोच्चको यो फैसलासँगै अमेरिकाभर कुनै पनि राज्यमा कुनै पनि कम्पनी वा रोजगारदाताले एलजिबिटी समुदायका व्यक्तिलाई विभेद गर्न पाउने छैनन् । यस्तै कार्यस्थलमा हुने विभेद दण्डनीय भएको छ । सर्वोच्च अदालतका ९ मध्ये ६ न्यायाधीशले यौनका आधारमा विभेद गर्न नपाउने संघीय कानूनले यौनिकता र लैंगिक पहिचानलाई पनि समेट्ने बुझ्नु पर्ने पक्षमा फैसला दिएका हुन् । सर्वोच्च अदालतको यो फैसला एलजिबिटी कामदार र उनीहरुको पक्षमा वकालत गर्नेहरुका लागि ठूलो जित भएको बताईएको छ ।

अमेरिकामा हालसम्म पनि २९ राज्यमा यौनिक तथा लैंगिक पहिचानका आधारमा कार्यस्थलमा विभेद हुँदै आएको थियो । अब ती राज्यमा पनि एलजिबिटी समुदायका व्यक्तिले पूर्ण कानूनी सुरक्षा पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू