अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

अरोरा हिमालय लायन्स क्लब कोलोराडोद्वारा सुर्खेतमा सहयोग रकम हस्तान्तरण

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:०६ मा प्रकाशित

कोलोराडो । अरोरा हिमालय लायन्स क्लबले सुर्खेत नेपालमा रहेको नन प्रफिट अर्गनाइजेसन ब्लिन्क नाउलाई १६०० डलर सहयोग रकम हस्तान्तरण गरेको छ । अरोरा हिमालय लायन्स क्लबको पहलमा अमेरिकामा रहेका लायन्स क्लबका मेम्बर, कार्यसमिति तथा समुदायका अन्य सदस्यहरूबाट सङ्कलित रकम अनलाइन मार्फत ब्लिक नाउको खातामा गत जुन ८ तारिख हस्तान्तरण गरेका हो ।

ब्लिक नाउकी संस्थापक म्यागी डोयनले सहयोग गरेकोमा अरोरा हिमालय लायन्स क्लबलाई धन्यवाद दिइन । उनले उक्त रकम कोरोनाको महामारीमा समस्यामा परेका नेपालीहरूको हितमा पुग्ने बताइन । म्यागी डोयने सिएनएन हिरो २०१५ बाट सम्मानित व्यक्ति हुन ।

नेपाली बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयनले विभिन्न कारणले बा आमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालन पोषण र शिक्षा दीक्षा दिँदै आएकी छिन् । ब्लिन्कनाउ फाउन्डेसन (BlinkNow) डोयनद्वारा २००७ मा स्थापित एक गैह्र नाफामूलक संस्था हो जसले सुर्खेतमा रहेका कोपिला भ्याली स्कुल, बालबालिकाको घर, महिला केन्द्र, स्वास्थ्य क्लिनिक, ठुली दिदिहरुको घर र नयाँ क्याम्पसलाई आर्थिक सहयोग प्रदान गर्नुको साथै ती संस्थाहरूको व्यवस्थापन र निरीक्षण गर्दछ । फाउन्डेसन यी सबैको एक मात्र आर्थिक सहयोगदाता हो भने ब्लिन्कनाउ कोषबाट रकम प्राप्त गर्ने एक मात्र संस्था पनि हो । फाउन्डेसन अमेरिकामा अवस्थित गैह्र नाफामूलक संस्थाको हैसियत 501(c)(3) प्राप्त संस्था हो । यसको मुख्यालय अमेरिका र नेपालमा छ । ब्लिन्कनाउ समुदायको तल्लो तप्का बिच सक्रिय छ र सुर्खेतमा आधारित भई त्यहाँको समुदायको आत्मनिर्भरता बढाउनमा र जीवनपद्धतिमा स्थिरता कायम गर्नमा केन्द्रित छ ।

बिआरटी नेपालसँगको कुराकानीमा अरोरा हिमालय लायन्स क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीले भारतबाट आएका नेपालीहरू भोकै रहेको र उनीहरूलाई ब्लिन्क नाउ गैरसरकारी संस्थाले सहयोग गरेको भन्ने जानकारी सामाजिक सञ्जालमार्फत आफूले पाएको बताउनुभयो । कोरोना महामारीका कारण नेपालीहरू भोकै मर्ने अवस्था आउन नदिन क्लबको तर्फबाट पनि रकम सङ्कलन गरी पठाइएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया