अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

ट्रम्पबिरुद्ध अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनको उम्मेदवारी सुनिश्चित

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:०९ मा प्रकाशित

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेद्बारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ । कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई बाईडेनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नुहुने जनाइएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती गर्नुभएको हो । निर्णय भएपछि उहाँले भन्नुभएको छ्, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

बाईडेनले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताउनुभयो । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उहाँका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् । उहाकोे पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्र्याटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गर्नुभएको थियो । बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उहाँले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताउनुभएको छ ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उहाँलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनाले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ ।ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ । ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहनुभएको थियो । उहाँ अहिले ७७ बर्षको हुनुहुन्छ । बाईडेनलाई अमेरिकामा अनुभवी, परिपक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू