अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

कोभिड–१९ का कारण विश्वभर ३ लाख ९८ हजार ७ सय २ को मृत्यु, ६८ लाख ७६ हजार ३ सय ४७ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:५३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ९८ हजार ७ सय २ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६८ लाख ७६ हजार ३ सय ४७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३३ लाख ७० हजार ४४ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ६ सय ३१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ११ हजार ३ सय ९८, इटालीमा ३३ हजार ७ सय ७४ , स्पेनमा २७ हजार १ सय ३४ , फ्रान्समा २९ हजार १ सय ११ , बेलायतमा ४० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार २ सय ९, जर्मनीमा ८ हजार ७ सय ६३ , बेल्जियममा ९ हजार ५ सय ८०, ब्राजिलमा ३५ हजार ४७, रसियामा ५ हजार ७ सय २५ र क्यानडामा ७ हजार ७ सय ३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ६ सय ५० , पाकिस्तानमा १ हजार ९ सय ३५ , बंगलादेशमा ८ सय ४६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय २० , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू