अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

कोभिड–१९ का कारण विश्वभर ३ लाख ९३ हजार १ सय ४२ को मृत्यु, ६६ लाख ९८ हजार ३ सय ७० संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:१८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ९३ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६६ लाख ९८ हजार ३ सय ७० जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३२ लाख ४४ हजार ५ सय ७४ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५५ हजार ४ सय ६० जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १० हजार १ सय ७३, इटालीमा ३३ हजार ६ सय ८९ , स्पेनमा २७ हजार १ सय ३३ , फ्रान्समा २९ हजार ६५ , बेलायतमा ३९ हजार ९ सय ४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ७१, जर्मनीमा ८ हजार ७ सय ३६ , बेल्जियममा ९ हजार ५ सय ४८, ब्राजिलमा ३४ हजार ३९, रसियामा ५ हजार ३ सय ८४ र क्यानडामा ७ हजार ६ सय ३७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ३ सय ६३ , पाकिस्तानमा १ हजार ७ सय ७० , बंगलादेशमा ७ सय ८१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय , श्रीलंकामा ११ र माल्दिभ्स्मा ७ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू