अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

पोखरामा ‘लकडाउन’ उल्लंघनको क्रम तीव्र, पसलहरु खुल्न थाले

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:०८ मा प्रकाशित

पोखरामा ‘लकडाउन’ उल्लंघनको क्रम तीव्र बन्दै गएको छ । पोखराका विभिन्न मुख्य चोकमा सवारी–साधनको बाक्लो चाप देखिएको छ भने मानिसहरुको आवागमनमा समेत वृद्धि भएको छ । खाद्यान्नका पसल सञ्चालनमा रहँदा केही स्थानमा फेन्सी, भाँडा लगायतका अन्य पसलहरु पनि खुलेका छन् । वित्तीय संस्थामा सेवाग्राहीहरुको थुप्रै लाम देखिएको भने ढुवानी सेवाहरु सञ्चालनमा आइरहेका छन् ।

लकडाउन ‘मोडल’ परिवर्तन गर्नेबारे संघीय सरकारले चर्चा गरेपनि त्यसबारे ठोस निर्णय सार्वजनिक भइसकेको छैन । लामो लकडाउनका कारण जनजीवन प्रभावित हुँदा स्वतस्फूर्त पसलहरु खुल्न थालेका छन् ।

प्रतिक्रिया