अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

कोरोना भाइरस वुहानको जंगली जनावरको बजारबाट नफैलिएको चीनको दाबी

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:२१ मा प्रकाशित

चीन सरकारले विश्वभर फैलिएको कोरोना भाइरस वुहानको जंगली जनावरको बजारबाट नफैलिएको बताएको छ । चीनको केन्द्रीय रोग नियन्त्रण एवं रोकथामका निर्देशक गाओ फू ले वुहानमा रहेको जंगली जनावरको बजारबाट कोरोना भाइरसको संक्रमण नैफलिएको दावी गर्नुभएको छ । सुरुमा समुद्री खाद्यपदार्थको बजारबाट कोरोना भाइरस फैलिएको हुन सक्ने अनुमान गरिएको भएपनि त्यहाँ पहिलेदेखि नै कोरोना भाइरस रहेको उहाँको भनाइ छ ।

गाओले कोरोना भाइरसलाई लिएर चीनमाथि विभिन्न मुलुकले भाइरस फैलाएको आरोप लगाएपनि त्यसको सत्यता पत्ता लगाउन चीन सरकार आफै सक्रिय भएर अनुसन्धानमा जुटेको बताउनुभयो । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको उत्पतिबारे अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू