अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिनुभएको छ ।

ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उहाँले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिनुभएको हो । मूलतः ट्वीटर केन्द्रित उहाँको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिनुभएको हो ।

आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँज्दै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै गरेको ट्वीटमा, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ’ भन्नुभएको थियो । बुधबार झनै आक्रोशित देखिएका ट्रम्पले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गर्नुभएको हो ।

उहाँले ट्वीटमा भन्नुभएको छ , ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जरभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू