अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

बेलायतमा १५ जुन देखि खुद्रा पसल खोल्ने, बाहिरी बजार र स्कुल जुन १ देखि खोल्ने तयारी

बिआरटीनेपाल २०७७ जेठ १२ गते २१:४४ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गर्नुभएको छ । आयोजित पत्रकार सम्मेलनमा बोरिसले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइने बताउनुभयो । तर सबै पसलले सरसफाइ गर्नैपर्छ र सामाजिक दुरी कायम भने गर्नैपर्छ । उहाँले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने जानकारी गराउनुभयो ।

यसअघि बोरिसले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणका लागि तयारी अवस्थामा रहेको बताउनुभएको थियो । उहाँले जुन १ देखि इग्ल्याण्डमा बच्चाहरुको स्कुल खोल्ने उल्लेख गर्नुभयो । बेलायतको स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा बेलायतमा १ सय २१ जनाले कोरोनाको कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ३६ हजार ९ सय बढी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू