अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

चीन र अमेरिकालाई शीतयुद्धमा धकेल्ने प्रयास भयो– चिनियाँ विदेशमन्त्री वाङ

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:२९ मा प्रकाशित

चिनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो मुलुक र अमेरिकालाई खतरनाक शीत युद्धमा धकेल्ने प्रयास भइरहेको दावी गर्नुभएको छ । अमेरिका भित्रका केही शक्तिले दुई देशबीचको सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशातर्फ लगिरहेको उहाँले आशंका गर्नुभयो ।

आइतबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनलाई आफ्नो सम्प्रभुता रक्षा गर्दै प्रगतिको बाटोमा अगाडि बढ्ने अधिकार रहेको भन्दै अमेरिकाको परिवर्तनमा चीनलाई कुनै चासो नभएको र अमेरिकाले चीनको प्रगति पथलाई रोक्न नसक्ने प्रष्ट पार्नुभयो ।

विदेश मन्त्री वाङले कोरोनाभाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवास्वप्न हुने चेतावनी पनि दिनुभएको छ । कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने उहाको भनाई थियो । अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले शुरूमा सूचना लुकाएको र त्यसवापत उसलाई दण्डित गर्नुपर्ने बताइरहेका बेला चीनले यस्तो नसोच्न चेतावनी दिएको हो ।

पछिल्लो समय संसारका पहिलो र दोस्रो अर्थतन्त्र भएका अमेरिका र चीन पछिल्लो समय व्यापार युद्धमा रहँदा त्यसको असर विश्व बजारमा परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू