अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

विश्व स्वास्थ्य संगठनलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:०७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।सो रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिनुभयो । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि बताउनुभयो ।

“हामीले कोरोनाभाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सवैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो । अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो ।विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।

China WHO

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू