अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

उत्तर कोरियाद्धारा देशलाई “कोरोना फ्रि” घोषणा

बिआरटीनेपाल २०७६ चैत २० गते ७:५० मा प्रकाशित

उत्तर कोरियाले आफ्नो देशलाई ‘कोरोना फ्रि’ घोषित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) फैलिएको तीन महिनाभन्दा बढी समय भइसक्दा पनि आफ्नो देशमा एकजना पनि संक्रमित नभेटिएको भन्दै उसले यस्तो घोषणा गरेको हो । उत्तर कोरियाको इपिडेमियोलोजी विभागका प्रमुख पाक म्योङ–सुले आफ्नो देशको कडा कानून, सर्तकता र मापदण्डका कारण कोभिड–१९ को संक्रमणबाट बच्न सफल भएको दाबी गर्नुभयो ।

छिमेकी देश चीनमा कोभिड–१९ को संक्रमण फैलिएको समाचार प्रकाशमा आएसँगै उत्तर कोरियाले आफ्ना सीमाहरू बन्द गरेको थियो । त्यसपश्चात् देशभित्र फैलन सक्ने संक्रमणबाट बच्नका लागि कडा कानूनहरु लागू गरेको पाकले बताउनुभयो । उहाँका अनुसार देशको सीमा तत्काल बन्द गरिनु, विदेशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिनु र हरेक नागरिकको निगरानी तथा उपचार गरिनुनै संक्रमण नफैलिनुका मुख्य कारण हुन् ।

यद्यपि, उत्तर कोरियाले कोभिड–१९ को संक्रमणबारे सत्यतथ्य सूचना बाहिर नल्याएको कतिपयको आरोप छ । दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले उत्तर कोरियामा कोभिड–१९ का एक संक्रमति रहेको आफूले थाहा पाएको गतमहिना दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियामा संक्रमित रहेका दाबी गर्दै कोभिड–१९ को महामारीविरुद्ध मिलेर लड्न आग्रह गरेका थिए । उत्तर कोरियाको जनसंख्या २ करोड ५० लाख भन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू