अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१९ मा प्रकाशित

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३५ हजार १६ पुगेको छ । ७ लाख ३९ हजार ७ सय ३१ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजार ४ सय २ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । तर इटलीमा मृत्युको बढ्दो सख्या अघिल्ला दुई दिनभन्दा कम छ ।

कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा एकैदिन थप ८ सय २१ जनाको मृत्यु भएको छ । त्यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ३ सय ४० पुगेको छ । उता, इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । फ्रान्समा २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । त्यहाँ थप २ सय ५१ जनाको मृत्यु भएको छ ।

यो संगै अमेरिकाका कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ११ र मृत्यु हुनेको संख्या २४ सय ९० पुगेको छ । बेलायतमा १२ सय २८ जनाको मृत्यु भएको छ । जर्मनीमा ५ सय ४५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डका ८ सय ६४ जनाको मृत्यु भएको छ भने बेल्जियममा ५ सय १३ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १ सय ४० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ सय ३९ जनाको मृत्यु भइसकेको छ । इन्डोनेशियामा १ सय २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू