अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

नेपालसहित १४ मुलुकका नागरिकलाई कतारद्वारा अस्थायी प्रतिबन्ध

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:१७ मा प्रकाशित

कतारले कोरोना भाईरस (कोभिड –१९) को संक्रमणको डरले नेपाल सहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कतार सरकारले सोमबार देखि लागु हुने गरी अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । शुरुमा इटालीबाट कतार प्रवेश गर्ने विदेश नागरिकलाई प्रवेश रोक लगाएको कतारले प्रवेश रोक लगाएका देशमा नेपाल सहित बंगलादेश, चीन, इजिष्ट, भारत, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरीया श्रीलंका ,सिरिया र थाईल्याण्ड रहेका छन् ।

झन्डै एक सयभन्दा बढी मुलुकका आप्रवासी कामदार रहेको कतारमा नेपाली कामदारको सख्या चार लाख भन्दा केही बढी छ । कतारको पछिल्लो निर्णयले विजनेश वा भिजिट भिसामा कतार प्रवेश गर्ने देखि रोजगारीका लागि जाने सबै प्रभावित हुने भएका छन् । कतारले परिस्थितीको शुक्ष्म मुल्याङ्कन गरिरहेको भन्दै परिस्थितीमा सुधार देखिए अस्थायी प्रतिवन्ध हटाउन सकिने बताएको छ ।

कतारले आफ्ना देशका नागरिकलाई पनि सकेसम्म विदेश नजान आग्रह गरेको छ । यसअघि हिजो नै कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तर उनीहरु कुन देशका हुन् भन्नेबारे कतारले सार्वजनिक गरेको छैन । कतारले गत शनिबार तीन हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेकोमा इरानबाट चार्टड गरी ल्याइएका १२ जना कतारीलाई भाइरसको संक्रमण देखिएको थियो ।

कतार सरकारले सामाजिक सञ्जालमा फैलिने हल्लाको पछाडि नलागी सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू