अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

भूतपूर्व गोर्खा सैनिकहरूले एनआरएनएसँग सहकार्य गरेर अघि बढ्न इच्छुक

बिआरटीनेपाल २०७६ फागुन २५ गते ९:५१ मा प्रकाशित

लन्डन । बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तसँग शुक्रवार बिहान फानवरोमा भएको अन्तर्क्रियामा बोल्ने भूतपूर्व गोर्खाहरुका अगुवा नेताहरूले नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकारलगायतका विषय भूतपूर्व गोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

भूतपूर्व गोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूतपूर्व गोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै भूतपूर्व गोर्खाहरुले समान पेन्सन पाउनु पर्नेमा जोड दिए । उनले संविधानले गैरआवासी नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताए । तामाङले देशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा लेप्टिनेट कर्णेल एम रानाले भूतपूर्व गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको मुद्दामा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताए । उनले गैर आवासीय नेपाली र भूतपूर्व गोर्खाको समस्या समान रहेका बताए ।

कार्यक्रममा भूतपूर्व गोर्खा तथा गैर आवासीय नेपाली सङ्घ युकेका निर्वमान अध्यक्ष योगकुमार फगामीले भूतपूर्व गोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताए ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको भूतपूर्व गोर्खा सम्बन्धी एक समितिका संयोजक चन्द्र गुरुङको संयोजकत्वमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ बेलायतकी अध्यक्ष पुनम गुरुङको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू