अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

अष्ट्रेलियामा एक नेपालीमा देखियो कोरोनाको संक्रमण

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२८ मा प्रकाशित

अष्ट्रेलियामा एकजना नेपाली युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालबाट सिंगापुर हुँदै सिड्नी र सिड्नीबाट फेब्रुअरी २६ मा होबर्ट पुगेका नेपाली युवामा कोरोनाको संक्रमण देखिएको हो ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेपछि परीक्षण गराएका ती युवा नतिजा नआउँदै काममा गएका थिए । परीक्षण नतिजा सकारात्मक देखिएपछि उनले काम गर्ने होटल र पढ्ने कलेजमा पनि जाँच शुरु गरिएको छ ।

उनी र उनीसँग नजिक रहेका परिवार तथा साथीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । शंका लागेर परीक्षण गराएपछि नतिजा नआएसम्म उनले आईसोलेसन (एकान्त ठाउँ) मा बस्नुपर्ने हुन्छ तर उनी भने नतिजा नआउँदै काममा गएका थिए । एकान्तमा बस्नु पर्ने थाहा भएर पनि सार्वजनिक स्थानमा जानु उनले गलत गरेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू