अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

सिकारी भलिबल च्याम्पियनसिप २०२० तयारी पुरा

बिआरटीनेपाल २०७६ फागुन २२ गते १३:४५ मा प्रकाशित

कोलोराडो, यही मार्च ७ शनिवारको दिनको होली फागु पूर्णिमा पर्वको अवसर पारि तय भएको सिकारी भलिबल च्यापियनशिपको तयारी पुरा भएको छ । सबै टिमहरूले आफ्ना खेलाडीहरू सङ्ख्या र नाम दर्ता गरिसकेको सिकारी युवा संयोजक प्रकाश पौडेलले बिआरटी नेपाललाई जानकारी गराएका छन् ।

उनले यस टुर्नामेन्टमा नौ टिमले दर्ता गरेको र अझै अन्तिम समयमा एक टिम थपिन सक्ने जानकारी दिएका छन् । सहभागी टिममा – सिकारी रातो टिम, सिकारी हरियो टिम, सिकारी पहेँलो टिम, कोलोराडो नेपाली टिम, अरौरा युथ टिम, नेपाली मन डेन्भर ए टिम, नेपाली मन बि टिम, गोर्खाली टिम र लालीगुराँस टिम रहेका छन् ।

यो खेल Thornton Community Center, 2211 Eppinger Blvd, Thornton, CO 80229, को ईनडोर कोर्टमा खेलाइने छ । खेल ठिक दिउसो १२ बजे सुरु हुने छ र ७ बजे सम्म बीजयता पहिलो र दोस्रो टिमलाई पुरस्कार वितरण समारोहको साथै फागु पूर्णिमा शुभकामना आदान-प्रदान कार्यक्रम राखिएको छ । आयोजक टोलीले खेलहरू सङ्ग-सगै खेलाडी र दर्शकहरूलाई खसीको मासु सहित खानाको व्यवस्था मिलाएका छन् । यस प्रतियोगितामा आयोजक टोलीलाई र सम्पूर्ण खेलाडी अनि कोलोराडोका भलिबल खेल प्रेमी युवाहरूलाई हौसला प्रदान गर्नको निमित्त NRN Colorado Chapter ले यस प्रतियोगिताको दोस्रो पुरस्कार बराबरको रकम उपलब्ध गराएको छ ।

पहिलो पुरस्कार- ट्रफि, मेडल, नगद एक हजार डलर
दोस्रो पुरस्कार – मेडल, नगद पॉंच सय डलर साथै सबै सहभागी टिमहरूलाई पार्टिसिपेन्ट ट्रफिको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया