अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

फ्रान्समा पक्राउ परेका नेपालीको परीक्षण जारी, प्रारम्भिक अनुसन्धानमा कोरोना भाइरसको लक्षण देखिएन

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०७ मा प्रकाशित

इटाली हुँदै फ्रान्स प्रवेश गर्ने तरखरमा पक्राउ परेका ३ जना नेपालीमा कोरोना भाइरसको लक्षण देखा परेको भन्दै फ्रान्सेली सञ्चार माध्यमहरुले गरेको दाबीमा सत्यताको सम्भावना कम देखिएको छ । इटालीबाट अवैधरुपमा फ्रान्सको पेर्पिग्न्यों शहर प्रवेश गरेका ३ जना नेपालीहरुलाई अहिले त्यहाँको अस्पतालमा राखिएको छ । उनीहरु पेर्पिग्न्यों हुँदै स्पेन प्रवेश गर्न खोज्दा पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

सीमा प्रहरीसँग भएको पछिल्लो टेलिफोन सम्वादका अनुसार अस्पतालको प्रारम्भिक नतिजामा पक्राउ परेका नेपालीहरुमा कोरोना भाइरसको लक्षण नदेखिएको तर तिनैजना थप परीक्षणको क्रममा रहेको खबर प्राप्त भएको बताइएको छ । यद्धपि इटाली सिमाना रहेको परीक्षण गर्ने अस्पतालले अहिलेसम्म ति तीन जना नेपालीहरुमाथि गरिएको परीक्षणको औपचारिक नतिजा भने सार्वजनिक गरेको छैन ।

तर, पक्राउ गर्न खटिएका प्रहरीहरुलाई भने परीक्षण नगरी नै पठाइएको थियो । पक्राउ परेका नेपालीहरुको नाम र अन्य जानकारी पनि खुलाइएको छैन् । कोरोना भाइरसबाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ । शनिबार अपरान्हसम्म इटालीमा १७ जनाको मृत्यु भइसकेको छ, भने लगभग ६५० जनामा संक्रमण देखिएको छ ।

इटालीको उत्तरी भेगमा लोम्बार्डी र भेनेटोमा कोरोनाको प्रभाव तीव्र रूपमा फैलिदै गएको देखिएको छ । फ्रान्समा कोरोना भाइरसबाट हालसम्म २ जनाको मृत्यु तथा ३८ जना संक्रमित भएको पुष्टि भएको छ । फ्रान्समा अहिले कोरोना फैलन नदिन उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू