अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

कोरियामा रहेका नेपाली कोरोना भाइरसबाट सुरक्षित छन्– राजदूत योङ

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:२१ मा प्रकाशित

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङले कोरियामा रहेका सबै नेपालीहरु सुरक्षित रहेको बताउनुभएको छ । कोरियाको थेगु सहरमा धार्मिक गतिविधिको स्थलबाट कोरोना भाइरसको संक्रमण सुरु भएको तर नेपालीहरु सुरक्षित रहेको उहाको भनाई थियो ।

राजदूत योङले कोरोना भाइरसको संक्रमण भएका सबै दक्षिण कोरियाली नागरिक नै रहेको तर एकजना भने मंगोलियाली भएको जानकारी समेत दिनुभयो । थेगु सहरमा एक चर्चबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको छ। अहिले उक्त सहरमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ।

अहिलेसम्म कोरियामा १७६६ कोरोना भाइरस संक्रमित फेला परिसकेका छन् भने १२ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू