अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री

बिआरटीनेपाल २०७६ फागुन ४ गते ७:५६ मा प्रकाशित

भारतमा अरविन्द केजरीवाल तेश्रो पटक दिल्लीको मुख्यमन्त्री बन्नुभएको छ । हालै सम्पन्न बिधान सभाको निर्वाचनमा बहुमत हासिल गरेको आम आदमी पार्टीका नेता केजरीवालले आज तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको शपथ लिनु भएको हो । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालसंगै अन्य ६ जनाले मन्त्रीको शपथ लिएका छन् ।

केजरीवालको मन्त्रिमण्डलमा फेरि पनि पुरानै अनुहार दोहोरिएका छन् । शपथ ग्रहणमा निम्ता गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अनुपस्थित् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावमा आम आदमी पार्टीले ६२ सीट हासिल जितेर बहुमत हासिल गरेको थियो । भारतीय जनता पार्टी ८ सीटमा सिमित रहंदा कांग्रेस आईले भने खातासम्म खोल्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू