अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

कोलोराडोमा होली विषेश: सिकारी भलिबल च्याम्पियनसिप हुँदै

बिआरटीनेपाल २०७६ माघ २० गते २१:३० मा प्रकाशित

कोलोराडो, असत्य बिरुद्द सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा एक अर्कामा रङ्गहरू दलेर तथा आपसमा शुभकामनाको आदान प्रदान गरिँदै मनाइने नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली)को अवसर पारेर कोलोराडोको युवाहरूको बिच ईनडोर भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ । खेलको आयोजना लेकउड सिकारी युथले गर्दैछ ।

कोलोराडो युवाहरू बिच यसपालिको होली हर्ष उल्लासका साथ एकै ठाउँमा बसेर मनाउनको लागि यस प्रतियोगिता आयोजना गरिएको लेकऊड सिकारी युथका संयोजक प्रकाश पौडेलले बिआरटी नेपाल डट कमलाई जानकारी दिएका छन् । प्रतियोगिताको लागि शनिवार मार्च ७, २०२० दिनको १२ बजे देखि साँझ ८ बजे सम्म थ्रोटोन कम्युनिटी सेन्टरको भलिबल हलमा हुने भएको छ भने प्रतियोगिताको लागि कोलोराडोका सबै नेपाली टिमहरूलाई इमेल मार्फत जानकारी गराई सकेको छ ।

खेलमा कोलोराडोका आठ देखि दस भलिबल टिम समावेश हुने टुर्नामेन्ट संयोजक गोविन्द यास्मालिले जानकारी दिएका छन् । प्रतियोगिता बीजयतालाई एक हजार डलर, उप विजेतालाई पॉंचसय डलर, प्रतियोगिताको उत्कृष्ट सटर र उत्कृष्ट खेलाडीको लागि पनि पुरस्कारको व्यवस्था गरिएको मिडिया अनि मार्केटिङ संयोजक आर. सी पन्तले जानकारी दिए ।

यस प्रतियोगितामा सिकारी युवाहरूको समूहबाट दुई बटा टिम क्याप्टेन हरिश खत्रीको नेतृत्वमा मैदानमा उत्रिने छ । प्रतियोगितामा खेलाडी र दर्शकलाई खान पिनको पनि व्यवस्था गरिएको जानकारी आयोजक टिमले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू