अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३२ मा प्रकाशित

इराकको राजधानीमा रहेको अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना भएका छन् । राजधानी बगदादमा रहेको नदी किनारमा कातुषा नामको रकेट दुर्घटना भएको अमेरिकी संयुक्त अपरेसन कमाण्डरलाई उध्रित गर्दै अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । यो महिना दुतावासमा भएको तेस्रो आक्रमणमा हो । गत पुस १८ गते इरानका सैन्य कमाण्डर कासेम सोलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारवाहीमा मारिएपछि जवाफमा इरानले अमेरिकी दुतावास र सैन्य क्याम्पहरुमा आक्रमण गर्दै आएको छ ।

अमेरिकी हस्तक्षेप बढेको भन्दै लाखौं सर्वसाधारण आन्दोलनमा उत्रिएका बेला रकेट आक्रमण गरिएको समाचारमा जनाइएको छ । इरानले यसअघि अमेरिकी दुततवासमा रकेट आक्रमण गर्ने क्रममा युक्रेनको बोइङ विमान दुर्घटना गराउँदा एक सय ६७ जनाको मृत्यु भएको थियो ।

दुर्र्घटनालगत्तै इरानले प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको भन्दै क्षमा मागेपछि इरानी नेतृत्वविरुद्ध समेत प्रदर्शन भइरहेको छ । यस्तै इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै सर्वसाधारणले अमेरिकाविरुद्ध समेत विरोध गरिरहेका छन् ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् । यसैबीच अमेरिकी दुतावासमा भएको हमलाको इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले निन्दा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू