अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

वर्षा र हिमपहिरोमा परी पाकिस्तानमा कम्तीमा ७५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३४ मा प्रकाशित

पाकिस्तानका विभिन्न क्षेत्रमा भएको भारी वर्षा र हिमपहिरोका कारण कम्तीमा ७५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दैनिक पत्रिका ’डन’का अनुसार मौसमको खराबीका कारण बलुचिस्तान र कश्मिर क्षेत्रमा ठूलो क्षति भएको छ ।

समाचार संस्था रोयटर्सले पाकिस्तान प्रशासित कश्मिरमा मात्रै पछिल्लो २४ घन्टामा ५५ जनाले ज्यान गुमाएको जनाएको छ । बलुचिस्तानमा १५ र निलम भ्यालीमा १९ जनाको मृत्यु भएको छ । थुप्रै मानिसहरु हराइरहेको समाचारमा जनाइएको छ ।

पाकिस्तानका विपद् व्यवस्थापन अधिकारी मोहम्मद युनुसले ’डन’लाई जनाए अनुसार मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन् । पाकिस्तानको छिमेकी अफगानिस्तानमा पनि खराब हिमपहिरोमा परी ३९ जनाले ज्यान गुमाएको अलजजिराले उल्लेख गरेको छ । भारत प्रशासित कश्मिरमा पनि १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू