अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

लिबिया संकट समाधानका लागि चार देशका नेताबीच छलफल

बिआरटीनेपाल २०७६ पुष २८ गते ८:११ मा प्रकाशित

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका समकक्षी एम्यानुएल मर्कोनले छलफल गनुृभएको हो । टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुबचि लिबिया संकट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यालयद्धारा जारी वक्तव्यका अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा नाइएको छ । पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको छ ।

यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ । त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गर्नुभएको थियो ।

आइतबार भएको फोन कुराकानीका क्रममा उहाँहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गर्नुभएको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् । उहाँहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गर्नुभएको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू