अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

फिलिपिन्समा ज्वालामुखीका कारण वायूप्रदुषण, ८ हजार बढी मानिस अन्यत्र स्थानान्तरण

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:४० मा प्रकाशित

ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा ८ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीका कारण वायू प्रदुषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।

फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले जनाएका छन् । ज्वालामुखी र भूकम्पका कारण अझै विनास निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिलसमेत गरेका छन् । ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायू प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्राष्ट्रिय उडानसमेत स्थगन गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू