अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

अष्ट्रेलियाको भीषण डढेलोबाट ४.४ अर्ब डलर स्वाहा, क्षति झनै बढ्ने संभावना

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२५ मा प्रकाशित

अष्ट्रेलियाको जंगलमा तीन महिनादेखि लागेको डडेलोका कारण ४.४ अर्व डलर बरावरको क्षति भएको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभ्न सकेको छैन । अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुँदा डडेलो थप तिव्रताका साथ फैलिरहेको छ ।
डडेलो जारी रहाँदा त्यसले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावका तथ्यांक बारिन थालेका छन् । रेटिङ एजेन्सी मूडीजले जंगलमा लागेको आगोको कारण ४.४ अर्ब डलरको नोक्सानी पुगिसकेको अनुमान सार्वजनिक गरेको छ । मूडीजसँग आबद्ध क्याटरीना एलका अनुसार डडेलोको कारण भएको क्षतिले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा उपभोक्ताको सरकारप्रतिको विश्वास नै डगमगाएको छ ।

मूडिजका अनुसार झन् वायु प्रदुषण र पर्यटन–कृषि क्षेत्रमा परेको नोक्सानीले अर्थतन्त्रको क्षति थप वृद्धि गर्न सक्छ । अष्ट्रेलियाको जंगल र झाडीमा लागेको डडेलोले ८४ लाख हेक्टर क्षेत्रलाई डडाइसकेको छ । त्यस्तै दुई महिनाभित्र २७मानिस मारिईसकेका छन् ।

डडेलोबाट न्यु साउथ वेल्स राज्यको कोबार्टो र मोगो सहरमा विध्वसं मच्चिएको छ । त्यसका अतिरिक्त भिक्टोरिया राज्यको एक सहर मालाकूटामा पनि ठूलो क्षती भएको छ । क्याटरिनाले डडेलोको सिजन भर्खर आधामात्रै भएकाले आगामी दिनमा पनि डडेलोले थप क्षति पु¥याउने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू