अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

अमेरिका इरानसँग बिना शर्त वार्ताका लागि तयार

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:३३ मा प्रकाशित

अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार भएको छ । संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले बिना शर्त वार्ताका लागि तयार रहेको जनाएको हो । अमेरिकी दूत केली क्राफ्टले राष्ट्रसंघलाई लेखेको पत्रमा इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी पनि गरिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा क्राफ्टले अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानको कारण बढ्न सक्ने तनाव रोक्न रहेको पनि उल्लेख गर्नुभएको छ । सुलेमानीको हत्या राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क अमेरिकाले गरेको छ । पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

इरानले पनि उक्त हत्याको प्रतिशोधका लागि भन्दै इराकको राजधानी बग्दाद नजिक रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि धारा १५ कै आधारमा सो आक्रमण आफ्नो रक्षार्थ गरेको राष्ट्रसंघलाई जानकारी गराएको छ । इरानी दूत माजिद तख्तले पनि तेहरानले युद्ध नचाहेको बताउनुभएको छ ।

इरानी सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कन भएको भन्दै मध्यपूर्वबाट अमेरिकालाई हटाइनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू