अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

सैन्य क्याम्पमा भएको आक्रमण अमेरिकालाई अन्तिम जवाफ भएको इरानको स्पष्टोक्ती

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:३२ मा प्रकाशित

आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पमा मंगलबार राति गरेको ब्यालेस्टिक मिसाइल प्रहार अमेरिकालाई ‘अन्तिम जवाफ’ भएको बताएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले आफ्नो पक्षबाट अब थप आक्रमण नहुने बताउनुभयो । यसैगरि इरानका राष्ट्रपति हसन रोहानीले आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याविरुद्ध दिएको ‘अन्तिम जवाफ’ मध्यपूर्वी क्षेत्रमा रहेका सबै अमेरिकी सेना फिर्ताका लागि भएको बताउनुभयो ।

इरानका विदेशमन्त्री मोहमम्द जारेफ जारिफले आफूहरु युद्धको पक्षमा नरहेको उल्लेख गर्नुभएको छ । इरानले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा मंगलबार राति २० भन्दा बढी ब्यालेस्टिक प्रहार गरेको थियो। यी आक्रमणमा ८० भन्दा बढी अमेरिकीको मृत्यु भएको इरानको दावी छ। तर अमेरिकी सेनासँग काम गरिरहेका इराकी सिनियर रक्षा अधिकारीले यी आक्रमणमा कसैको मृत्यु नभएको दावी गरेका छन्।

इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख कासिम सुलेमानीको इराकस्थित एक विमानस्थलबाहिर भएको ड्रोन आक्रमणबाट हत्या भएको थियो। हत्याको जिम्मा अमेरिकाले लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू