अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

ईरान विमान दुर्घटनामा परे सात देशका नागरिक

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२९ मा प्रकाशित

इरानमा दुर्घटनाग्रस्त भएको युक्रेनी जहाजमा परेर मृत्यु हुनेमा ७ देशका नागरिक रहेका छन् । जहाज दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिक परेका छन् । घटनामा मृत्यु हुनेमा ८२ इरानी, ६३ क्यानेडेली, ११ युक्रेनी, १० स्विडेनी, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिक रहेको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिनुभएको छ ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७÷८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको थियो । १६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो ।

जहाज युक्रेनको राजधानी केइभ जान लागेको थियो । जनवरी ६ मामात्रै जहाजको चेकजाँच गरिएको युक्रेन इन्टरनेशनल एयरलाइन्सले जनाएको छ । गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेपछि उक्त जहाज उत्पादन नै बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू