अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

भारतको निर्भया बलात्कार हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिईने

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:३२ मा प्रकाशित

भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ । नयाँ दिल्लीस्थित पटियाला हाउस अदालतले मंगलबार चारै जना दोषीलाई फाँसी दिन आदेश दिएको हो । उनीहरुलाई यही जनवरी २२ तारिख बिहान ७ बजे जेलमै फाँसी दिईने छ । सन् २०१२ मा बसमा सवार पशु चिकित्सक निर्भयाको बसमै सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

उक्त घटनामा ६ जना संलग्न रहेकोमा एक जनाले तिहाड जेलमै आत्महत्या गरिसकेका छन् भने एक नाबालकलाई सुधार गृह पठाइएको थियो । उनलाई तीन वर्षपछि रिहा गरिएको थियो । यसअघि सन् २०१३ सेप्टेम्बरमा अभियुक्तहरुलाई मृत्युदण्डको सजाय हुने आदेश अदालतले दिईसकेको थियो ।

बसमा सवार पशु चिकित्सक निर्भयामाथि बसमा यात्रा गरिहेको बेला ट्रक चालकसहित ६ जनाले सामूहिक बलात्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू