अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

कोलोराडोमा कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७६ पुष २० गते १५:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले नियमित रूपमा आयोजना गर्दै आइरहेको कवि गोष्ठीको जनवरी महिनाको कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आजीवन सदस्य हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारीको आतिथ्यमा उहाँहरूको निवास कमर्स सिटी, कोलोराडोमा सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित साहित्यकारहरूले कविता, गजल, गीत, मुक्तक लगायतका रचनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा आफ्नो रचना वाचन गर्ने साहित्यकारहरूमा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, च्याप्टरको पूर्व अध्यक्ष आचार्य प्रभा, च्याप्टरको सल्लाहकार केशव आचार्य, च्याप्टरको उपाध्यक्ष मिना पौडेल, च्याप्टरको सचिव यशोदा भट्ट, राजु सिटौला, हरिराज अधिकारी, वासुदेव खनाल हुनुहुन्थ्यो ।

यसै गरी अनेसास कोलोराडो च्याप्टरको महासचिव सम्झना खनाल आचार्य, विजयदेव अधिकारी, हरिभक्त आचार्य, उषा अधिकारी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन अनेसास कोलोराडो च्याप्टर यशोदा भट्टले गर्नु भएको थियो भने च्याप्टरको अध्यक्ष तारा अधिकारीले कार्यक्रमका सहभागीहरू तथा कार्यक्रम आयोजना गर्ने स्थान उपलब्ध गराउनुहुने हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारी विशेष धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त अवसरमा रचना वाचन पश्चात् अनेसास, कोलोराडो च्याप्टरको भावी कार्यक्रमहरू सम्बन्धमा अनौपचारिक छलफल पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू