अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

इरान अमेरिकाविरुद्ध युद्धका लागि तयार, मस्जिदमा रातो झण्डा गाडियो

बिआरटीनेपाल २०७६ पुष २० गते ८:१७ मा प्रकाशित

ईरानले अमेरिका विरुद्ध युद्धका लागि तया रहेको जनाएको छ । इरान समर्थक समूहले इराकको बगदाद स्थित अमेरिकी दूतावास र अल–बालाद सैन्य एयरबेसमा रकेट आक्रमण गरेका छन् जहाँ ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै जवाफी आक्रमण भएको हो । इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरिसकेको छ । इरानले रकेट हानेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थान अमेरिकी निशानामा रहेको चेतावनी दिनुभएको छ ।

युद्धका लागि तयार इरान अमेरिकी ड्रोन आक्रमणमा सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धका लागि देशभर ’सूचना’ जारी गरेको हो ।

तनावपूर्ण अवस्थामा रातो झण्डा फहराउनु ‘युद्धका लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको बुझिने बताईएको छ । अमेरिकासँगको तनावपछि इरानले मस्जिदमा पहिलो पटक रातो झण्डा फहराएको हो। ईरानमा रातो झण्डालाई रगत र शहादतको प्रतीक मानिन्छ । इरानले अहिलेको अवस्थामा सुलेमानी देशका लागि शहादत भएको निचोडसहित इरानले यसको बदला लिन देशवासीलाई तयार रहन भनेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू