अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

अमेरिकी आक्रमणमा इरानी सेनाका जनरल मारिएपछि तेलको मूल्य बढ्यो

बिआरटीनेपाल २०७६ पुष १९ गते २:१६ मा प्रकाशित

अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ । अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् ।

पूरै विश्वमा ३० प्रतिशत तेल मध्यपूर्वबाट आउंछ,जसमा इरानको दबदबा छ । अमेरिकी तेल बजारमा मूल्य वृद्धि भए राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई घाटा हुन सक्ने विश्लेषण गरिएको छ । इराकको राजधानी बग्दादनमा अमेरिकी मानवरहित विमान आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका थिए ।

इरानका शक्तिशाली ६२ वर्षिय सैन्य जनरल सुलेमानी मध्यपूर्वमा तेहरानको महत्वकांक्षा कार्यान्वयन गर्ने रणनीतिक योजनाकार मानिन्थे । अमेरिकी राष्ट्रपति ट्रम्प युद्ध शुरु गर्न नभई बन्द गर्न सुलेमानीमाथि आक्रमण गरिएको प्रतिक्रिया दिनुभएको छ ।

पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ । इरानले आक्रमणलाई अन्तर्रा्ष्ट्रिय आतंकवादको संज्ञा दिंदै कडा बदला लिने चेतावनी दिएको छ । सन् २०१८ मा इरानसंगको पारमाणिक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई मुलुकबीच तनाब शुरु भएको थियो । अमेरिकाले इरानविरुद्ध पूनः प्रतिबन्ध लगाउदा इरानी अर्थव्यवस्था डामाडोल बन्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू