अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०७६ पुष १८ गते ६:५८ मा प्रकाशित

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ । कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ ।

प्रतिक्रिया