अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

अष्ट्रेलियाको एडिलेडमा नेपाली टोपी दिवस मनाईने

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३७ मा प्रकाशित

प्रबासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले एडिलेडमा नयाँ वर्ष जनवरी १ मा नेपाली टोपी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालीहरुको पहिचान बनेको नेपाली टोपी, नेपाली राष्ट्रिय पोशाक एवं संपुर्ण जातजाती र संस्कृतिका पोशाक तथा भेषभुषाको पहिचान एवं प्रबर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको मञ्चका नेता कपील पाण्डेले बताउनु भयो ।

२०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा यस वर्ष टोपी दिवसले नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्षको औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई मुर्त रुप दिन संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने पनि वताइएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ भने पञ्चेवाजा समूह एडिलेडका अगुवा गणेश पराजुलीका अनुसार कार्यक्रममा पञ्चेवाजा समुहको विशेष प्रस्तुति समेत रहने छ । त्यसै गरि कार्यक्रममा छेलोर सटपुट लगायत खेलहरुको साथमा नेपाल खानाको परिकार समेत राखिएको वताईएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन मञ्चले बालगोपाल उपाध्याय संयोजकत्वमा १३ सदस्यीय समिति निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू