अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

सिरियाको लडाकु शिविरमा अमेरिकाको आक्रमण, २५ को मृत्यु, ५० घाईते

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:३० मा प्रकाशित

अमेरिकाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा गरेको आक्रमण कम्तिमा २५ जनाको मृत्यु भएको छ । उक्त कारवाहीमिा ५० जना घाइते भएका छन् । आक्रमणमा कताइब हिज्बुल्लाह समूहका लडाकु मारिएको इराकी सुरक्षा अधिकारीले जनाएका छन् । इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो । उक्त स्थान सिरियानजिकै पर्छ । किरकुकमा भएको रकेट आक्रमणमा अमेरिकी ठेकेदार मारिएपछि अमेरिकाले यो जवाफी आक्रमण गरेको हो । हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियार भण्डारण गर्ने स्थानलाई निशाना बनाएर आक्रमण गरिएको बताइएको छ ।

अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी दिनुभएको छ । इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू