अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ मंसिर २९ गते १०:०८ मा प्रकाशित

पहिलो पटक रक्तदान गर्ने: २ जना

कोलोराडो, वर्ड नेवा: अर्गनाइजेसन, नेवा खल: र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा डिसेम्बर १४ शनिवारको दिन कोलोराडोको बोल्डर सहरको बोन फिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । २ जनाले पहिलो पटक रक्तदान गरेका थिए । पहिलो पटक रक्तदान गर्नेहरुमा भुवन श्रेष्ठ र महेन्द्र श्रेष्ठ हुन ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोन फिल्ड ब्लड सेन्टर बोल्डरमा सम्पन्न रक्तदानमा जम्मा २२ जना महानुभावहरूले सहभागिता जनाए पनि १२ जनाले रक्तदान गरेका थिए भने अन्य १० जनाले विविध कारणले रक्तदान दिन पाएनन् ।

टिका पौडेल, गजेन्द्र महर्जन, श्रीराम लुइटेल, नारायण (सानु) श्रेष्ठ, शोभा श्रेष्ठ, सुरेन्द्र महर्जन, रामगोपाल श्रेष्ठ, कृतिमा सैन्जु, विष्ट नन्द श्रेष्ठ, लुना पौडेलले रक्तदान गरेका थिए । त्यसै गरी निशा श्रेष्ठ, भुवन सैन्जु, भुवन लाल श्रेष्ठ, सम्झना महर्जन, राजेश ठाकु, जीवन के श्रेष्ठ, राशि श्रेष्ठ, शर्मिला श्रेष्ठ, अनुशा ठाकु, प्रेम काजी श्रेष्ठको रक्तदान कार्यक्रममा उपस्थिति थियो ।

नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमाडौँ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको छ ।

स्मरण रहोस् ब्लड डोनर्स अफ अमेरिकाको वार्षिक सम्मेलन कोलोराडोमा २०२० को जुलाई महिनामा हुन गइरहेको छ ।

प्रतिक्रिया