अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

पाकिस्तानमा बस र भ्यान ठोक्किदा कम्तीमा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर २७ गते ६:४५ मा प्रकाशित

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । समाचारमा बताइएअनुसार्र सवारी साधन ठोक्किँदा आगलागी भएको थियो ।

सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने थाहा हुन सकेको छैन । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू