अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

फिलिपिन्समा आँधीका कारण दुई लाख बढी प्रभावित, विमानस्थल पनि बन्द

बिआरटीनेपाल २०७६ मंसिर १७ गते २:२६ मा प्रकाशित

मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी प्रभावित भएका छन् । आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको छ ।

लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ । आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुसमेत प्रभावित भएको र कतिपय उडानलाई अन्यत्रै डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द गरिएको छ । आँधी एक सय ७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । आँधीका कारण कयौं घर तथा टहराका छाना उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । फिलिपिन्समा हरेक वर्ष आउने २० भन्दाबढी शक्तिशाली आँधीका कारण हजारौं प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू