अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

इराकमा सरकार विरोधी प्रदर्शनमा तीन सय ६० को मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:१७ मा प्रकाशित

इराकमा सरकार विरोधी आन्दोलन चर्किएपछि पछिल्लो एक महिनामा ३ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर एक हजार भन्दा बढी घाइते भएको अन्तरर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

निरन्तर बढ्दै गएको आन्दोलनका कारण जनजीवन अस्तव्यस्त हुन थालेपछि आन्दोलन दवाउन सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

आन्दोलनमा भएको दमनप्रति सर्वत्र विरोध भएपछि इराक सरकारले आन्दोलनका एक कमाण्डरलाई हटाइएको जनाएको छ । नसेरिया शहरमा आन्दोलन दवाउने क्रममा हिंसात्मक घटना भएपछि धिल कतार प्रान्तका सैन्य कमाण्डर जमिल अल शममारीलाई बर्खास्त गरेको समाचारमा जनाइएको छ ।

प्रदर्शनकारीहरुले सरकारी तथा निजी भवन, व्यापारीक केन्द्र तथा बैंकहरुमा आक्रमण गर्न थालेपछि त्यसको प्रतिरक्षामा बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू