अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

चक्रवात ‘बुलबुल’का कारण भारत र बंगलादेशका हजारौँ नागरिक प्रभावित

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०६ मा प्रकाशित

शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’का कारण भारत र बंगालादेशका हजारौँ नागरिक प्रभावित भएका छन् । बीबीसीले जनाएअनुसार बंगालको खाडी आसपासमा बुलबुलको असर देखिएपछि प्रभावित क्षेत्रका पाँच लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको छ । आँधीका कारण दुई जनाको ज्यानसमेत गइसकेको छ । चक्रवातले शनिबार राति भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो ।

आँधीका कारण पश्चिम बंगाल क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलसमेत बन्द गराइएको छ । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सरिरहेकोले र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् । बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ ।

आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको पनि भारतीय सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू