अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

सिरियामा जारी सैन्य कारवाही रोक्न टर्की तयार, युद्धविरामको तयारी

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:४८ मा प्रकाशित

टर्कीले उत्तरी सिरियामा कुर्दिश नेतृत्वको सेनालई फिर्ता बोलाउनका लागि युद्धविराम गर्न सहमति जनाएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानोले अंकारामा गरेको वार्तापछि यस्तो सहमति भएको बिबिसीले जनाएको छ ।

अघिल्लो सातादेखि जारी सैन्य कारवाही पाँच दिनका लागि रोकेर कुर्दिस नेतृत्वको फौज फिर्ता लिन अमेरिकाले सहयोग गर्ने र टर्कीले सिरियाको उत्तरी सिमालाई सुरक्षित क्षेत्र रहेको भनी सम्बोधन गर्ने उपराष्ट्रपति पेन्सले बताउनुभएको छ । उक्त निर्णयको कुर्दिस लडाकूहरुलेसमेत स्वागत गरेको समाचारमा जनाइएको छ । कुर्दिस लडाकूका कमाण्डर मजलोम कोबानीले सम्झौताको पालना गर्ने प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

युद्ध विरामको घोषणा गरिएपनि रस अल–एन शहरमा भने सैन्य कारवाही जारी रहेको बताइएको छ । एक हप्ताको सैन्य कारवाहीका क्रममा सिरियामा ७२७ जना सर्वसाधारण मारिएका छन् भने तीन लाख भन्दा बढी बिस्थापित भइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र टर्कीको सीमा क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले गता सातादेखि उक्त नाकामा सैन्य हमला सुरु गरेको हो ।

टर्कीले आंतकवादी समूहको रुपमा रहेको भनिएको कुर्दिश मिलियिसा समूह (वाईपीजी) माथि नियन्त्रण राख्न उक्त हमला सुरु गरेको बताउँदै आएको छ । टर्कीले सीमा क्षेत्रका २० लाख सिरियाली शरणार्थीलाई पुनः स्थापित गर्ने योजना बनाएपनि अन्तर्राष्ट्रिय समुदायको दवावका कारण सैन्य कारवाही रोक्ने सहमति भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू