अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

नेपाल चलचित्र कलाकार सङ्घद्वारा इनासलाइ बधाई तथा सम्मान

सूर्य चन्द २०७६ असोज ३० गते ६:२३ मा प्रकाशित

काठमाडौँ: नेपाल चलचित्र कलाकार सङ्घले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा भव्य स्वागत र सम्मान गरेको छ । नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको संस्थापक तथा निवर्तमान अध्यक्ष पुष्प बरुवाल, नवनिर्वाचित अध्यक्ष कमला दाहाल, वरिष्ठ उपाध्यक्ष राम चन्द्र थापा, उपाध्यक्ष साबू गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिव मनिष कुमार श्रेष्ठ, सचिव हरि शर्मा, कोषाध्यक्ष कुल राज थापा, युरोप संयोजक सन्त कुमार थापा, अस्ट्रेलिया संयोजक सुशील चालिसे, एसिया संयोजक लोक राज अधिकारी लगायतका पदाधिकारीहरूलाई सम्मान तथा सफल कार्यकालको शुभकामना बधाई ज्ञापन गरिएको छ ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष तथा वरिष्ठ अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष द्वय वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिव चेत बहादुर सिंह”राजा” कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, अन्य सङ्घका सदस्यहरू, नायक धिरेन शाक्य, नेपाल फिल्म सोसाइटिका पदाधिकारीहरू तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा वक्ताहरूले बोल्दै नेपाल चलचित्र कलाकार सङ्घ र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(ईनास) ले अबका दिनहरूमा साझा अवधारणाहरूमा सहकार्य गर्दै नेपाली कलाकारहरूको हकहितमा काम गर्दै जाने तथा कलाकारहरूको समन्वयमा नेपाल तथा विदेशमा नेपाली चलचित्रको प्रवर्धन लगायत अन्य कार्यहरूमा समेत एकजुट भई हातेमालो गर्दै जाने बताए । सोही कार्यक्रममा सुभाष खड्का तथा राजेश महर्जनलाई समेत कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई कलाकार गोपाल ढकाल छन्देले सञ्चालन गरेका थिए ।