अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

अम्बिका गुरुङको शब्द तथा शङ्कर थापा स्माइलको स्वरमा “अल राउण्डर’ सार्वजनिक(भिडियो सहित)

सूर्य चन्द २०७६ असार १३ गते ६:२७ मा प्रकाशित

काठमाडौँ : गायक शङ्कर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो “अल राउण्डर’ सार्वजनिक भएको छ । दर्जनौँ चर्चित गीतहरू नेपाली साङ्गीतिक बजारमा चर्चा कमाउन सफल गायक शङ्कर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो “अल राउण्डर’ भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्वजनिक भएको हो ।

सयौँ चर्चित गीतहरूको सर्जक वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शङ्कर थापा स्माइलको सङ्गीत रहेको सार्वजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्‍याप रहेको छ । छायाकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङ्कन गरेको भिडियोलाई सुजन मार्फत तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ अन्द फस्ट रनर अप सुजन मार्फत तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।