अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सद्भावना दूतमा नियुक्त

सूर्य चन्द २०७६ असोज १८ गते ९:३८ मा प्रकाशित

काठमाडौँ, लामो समय देखि नेपालको पर्यटनलाई विश्व सामु चिनाउँदै आएकी पर्यटन व्यवसायी तथा मिसेस् नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्से कार्यकालको लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावना दूतमा नियुक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन ।

मिसेस् नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रवर्धनको क्षेत्रमा क्रियाशील शेर्पा सद्भावना दूत नियुक्त भए लगत्तै प्रचार प्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न सहरहरूमा प्रचार प्रसार तथा अन्तरक्रिया गर्ने जनाएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावना दूतको रूपमा नियुक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धन, नेपाली कला, संस्कृतिको सम्बर्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशील हुने सद्भावना दूत नियूक्त भएपछि शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् । नेपालको पर्यटन प्रवर्द्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नु नै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

मिसेस् नेपाल टुरिजमको उपाधि जितेर आफू नेपालको पर्यटन प्रर्बधनको क्षेत्रमा आधिकारिक रूपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावना दूत नियुक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवर्धनमा भूमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् । शेर्पाले नेपालको विभिन्न सहर र पर्यटकीय क्षेत्रहरूमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्ययता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।

सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ ।

छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सद्भावना दूतमा नियुक्त भए सँगै अमेरिका नेपालको पर्यटन प्रवर्धन लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।